Sunday, January 22, 2023

नुवाकोटमा मनाइयो सोनाम ल्होछार

नुवाकोट, ८ माघ ।

जिल्लामा विविध कार्यक्रम गरी २८५९ औं सोनाम ल्होछार मनाइएको छ । नेपाल तामाङ घेदुङ नुवाकोटको आयोजनामा शनिबार विदुर नगरपालिका ४ बट्टारमा ल्होछार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं नुवाकोट १ ९१० बाट वाग्मती प्रदेश सदस्यमा निर्वाचित सांसद राधिका तामाङले तामाङ जातिको संस्कृति र आफ्नो पहिचानको जगेर्ना गर्न यस्ता कार्यक्रमले सघाउने विश्वास व्यक्त गरिन् । 

नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव तथा कार्यक्रम संयोजक जयमान वाइबाले तामाङ संस्कार र संस्कृतिको विकास गर्न कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा तामाङ समुदायमा प्रचलित गीत, संगीत र नाच प्रस्तुतित गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, सुरक्षा निकायका पदाधिकारी, विभिन्न संघसंस्थाका पदाधिकारी र सर्वसाधारणको उपस्थिति थियो ।

विश्वका तामाङले आआफ्नो अनुकूलतामा फरकफरक दिन र समयमा ल्होछार पर्व मनाउने गरे पनि यस वर्ष ल्होछारको मुख्य दिन आइतबार माघ ८ गते परेको छ ।  आजआइतबार केन्द्र सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

No comments:

Post a Comment