Thursday, January 19, 2023

गोरुधनी किसानलाइ पुरस्कार

नुवाकोट , ५ माघ । 


नुवाकोटको तारकेस्वरमा सम्पन्न माघे संक्रान्ति गोरु जुधाइ महोत्सवमा सहभागी ५६ जना गोरु धनी कृषकलाई प्रोत्साहन स्वरूप नगद पुरस्कार र प्रमाण पत्र सहित सम्मानित गरिएको छ । 

महोत्सव आयोजक समितिले बिहिबार तारकेश्वर-३, तारुका कटरबोट स्थित गोरु जुधाइएकै पाटोमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा किसानलाई नगद पुरस्कार र प्रमाणपत्र दिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष शिव अधिकारीले कृषकहरूलाई सम्मान गरेका हुन । सोही अवसरमा अध्यक्ष अधिकारीले स्थानीय भजन टोली र पञ्चेबाजा टोलीलाई समेत प्रोत्साहन पुरस्कार सहित सम्मानित गरेका हुन् ।

No comments:

Post a Comment