नुवाकोट, ५ माघ ।
![]() |
थाई एरवेजको दुर्घटनामा मृत्यु भएका यात्रुको स्मृतीमा नुवाकोटको ककनीमा निर्माण भएको स्मारक । |
नुवाकोटको हालको दुप्चेश्वर गाउँपालिका र तत्कालिन घ्याङफेदी गाविसको घोप्टेभिरमा ३० वर्ष अघि ठूलो दुर्घटना भएको थियो । नुवाकोटको पुर्वि भेगमा रहेको लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने पहाडमा ठोकिएर विमान दुर्घटना भएको थियो ।
२०४९ साल साउन १६ गते शुक्रवार तद्अनुसार ३१ ज्ुलाई १९९२ मा भएको त्यस दुर्घटनामा १ सय १३ जनाको मृत्यु भएको थियो । त्यस समय थाई एरवेजको एच–एस टिआईडी कल साईनको ३११ मोडलको विमान दुर्घटनामा परेको हो । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि सुरक्षित अवतरणको प्रयास गर्दागर्दै विमान घोप्टेभिरमा दुर्घटनामा परेको हो । विमान काठमाडौंबाट ३७ किलोमिटर उत्तरमा ११,५०० फिटको उचाइमा र ३०० नटिकल माइलको जमिनको गतिमा पहाडको छेउमा दुर्घटनाग्रस्त भएको थियो । जसमा सबै ९९ यात्रु र १४ चालक दलका सदस्यको मृत्यु भएको थियो । थाई एयरवेजको अन्तर्राष्ट्रिय उडान ३११ थाइल्याण्डको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं तर्फ आउँदै थियो ।
![]() |
त्यसको दुई महिनापछि १९९२ सेप्टेम्बर २८ मा त्यसबेला सम्मको अर्को ठूलो दुर्घटना ललितपुरमा भयो । पाकिस्तान एयरलाइन्सको एपी–बीसीपी कलसाइनको एयरबस ३१० मोडलको विमान ललितपुरको भट्टेडाँडामा दुर्घटना हुँदा विमानमा सवार १ सय ५७ जनाकै मृत्यु भयो । त्रिभुवन विमानस्थलमा ल्यान्ड गर्न खोज्दै गर्दा विमान दुर्घटनामा परेको थियो ।
No comments:
Post a Comment