Thursday, January 19, 2023

माघ २७ देखि फागुन १० गतेसम्म सातौं नुवाकोट महोत्सव

नुवाकोट, ५ माघ । 

धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्बर्धन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवर्द्धन’ भन्ने नाराका साथ सातौँ नुवाकोट महोत्सव २०७९ माघ २७ देखि फागुन १० गतेसम्म हुने भएको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव विदुर नगरपालिका–५ पीपलटारमा हुन लागेको हो । संघले विहिवार विदुरमा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी बारे जानकारी गराएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष एवं सातौं नुवाकोट महोत्सव मूल आयोजक समितिका संयोजक तारावहादुर कार्कीले महोत्सवलाई समग्र जिल्लावासीको उत्सवको रुपमा सम्पन्न गरिने बताए । विगतमा भन्दा यस पटकको महोत्सवमा आन्तरिक पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणलाई विशेष जोड दिईने कार्कीले वताए । ३०० वटा ब्यापारिक स्टल राखिने महोत्सवमा २० करोड रुपैयाँ बराबरको ब्यापारिक कारोवार भई २० लाख रुपैयाँ वचत गर्ने लक्ष्य राखेको कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए । महोत्सव सम्पन्न गर्न ३० वटा विषयगत समिति वनाईएको संघका प्रवक्ता सविनराज राजभण्डारीले बताए । महोत्सवको उद्धघाटन प्रधानमन्त्री पुष्पकमल दाहालबाट गर्ने तयारी रहेको राजभण्डारीले बताए । 

महोत्सवको मूल समारोह समितिको संयोजक ताराबहादुर कार्कीका अनुसार अतिथि सत्कार उप समिति संयोजकमा वरिष्ठ उपाध्यक्ष गीता अमात्य, मेला अनुगमन निरीक्षण उप समिति संयोजकमा पूर्वअध्यक्ष शरण उत्सुक सापकोटा, स्थानीय पालिकासँग समन्वय उप समिति संयोजकमा संघका पूर्वअध्यक्ष धननारायण चित्रकार, प्रचार–प्रसार र मञ्च व्यवस्थापन उप समिति संयोजकमा महासचिव कृष्णप्रसाद अधिकारी, उपहार व्यवस्थापन उप समिति संयोजकमा प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, ब्रोसर तथा कलाकार व्यवस्थापन उप समिति संयोजकमा द्वितीय उपाध्यक्ष सन्तोष उप्रेती, बाल उद्यान तथा हेलिकोप्टर व्यवस्थापन उप समिति संयोजकमा सचिव उपेन्द्र बुढाथोकी छन् । त्यसैगरी, सूचना तथा सञ्चार उप समिति संयोजकमा प्रवक्ता सविन राजभण्डारी र आर्थिक व्यवस्थापन उप समिति संयोजकमा कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, पास व्यवस्थापन उप समिति संयोजकमा ध्रुवकुमार रावल, गेट व्यवस्थापन उप समिति संयोजकमा निरोज खड्गी, खानेपानी तथा सरसफाइ व्यवस्थापन उप समिति संयोजकमा उद्धव पन्त, स्वयंसेवक परिचालन उप समिति संयोजकमा सुमन भण्डारी, आदिवासी तथा जनजातिको कला, संस्कृति, वेशभूषा, परिकार प्रदर्शनी तथा व्यवस्थापन उप समिति संयोजकमा नवीनकुमार जोशी, पार्किङको व्यवस्थापन उप समिति संयोजकमा गगन लामा, कृषि स्थानीय उत्पादन तथा संघ–संस्था समन्वय उप समिति संयोजकमा विष्णु प्याकुरेल, कृषि पर्यटन समन्वय उप समिति संयोजकमा सरोज श्रेष्ठ छन् ।

महोत्सवको आयोजक जिल्लाका १२ वटै पालिका, जिल्ला समन्वय समिति रहेका छन् । जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन, कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, क्षेत्रको विकास तथा सांस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रवद्र्धनमा महोत्सवले टेवा पु¥याउने अध्यक्ष एवं संयोजक कार्कीले बताए । महोत्सवाट विभिन्न जातजाति, वर्ग र समुदायबीच सद्भाव एवम् भ्रातृत्व अभिवृद्धि भई आर्थिक उत्पादनको दृष्टिले जिल्लाको समुन्नतिमा सङ्गठित रूपले प्रयत्नशील रहने लक्ष्य संघले लिएको छ । जिल्लालाई औद्योगिक, व्यापारिक, कृषि तथा पर्यटकीय क्षेत्रको रूपमा विकसित गर्ने, स्थानीयस्तरबाट उत्पादित वस्तुको बजारीकरण गरी बजार प्रवद्र्धनमा महोत्सवले सहयोग पु¥याउने संघका द्धितीय उपाध्यक्ष सन्तोष उप्रेतीले वताए । 

यसअघि उद्योग वाणिज्य संघले २०६३, २०६६, २०७०, २०७३, २०७४ र २०७६ मा महोत्सव सम्पन्न गरिसकेको छ । विगटमा बट्टार र विदुरमा आयोजना भईरहेको महोत्सव पहिलो पटक विदुर ५ पिपलटारमा हुन लागेको हो । 


No comments:

Post a Comment