Friday, November 25, 2022

क्षेत्र नं २ को प्रदेशमा ढुङ्गाना निर्वाचित


नुवाकोट, मंसिर ९ ।

नुवाकोटको निर्वाचन क्षेत्र २ को प्रदेश १ मा लोकतान्त्रिक वाम गठबन्धनका उमेदवार नेकपा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना बिजयी भएका छन् ।

रामप्रसाद ढुङ्गाना १२ हजार १ सय १० मत सहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका केशवराज पाण्डेको मत ११ हजार ६ सय ६१ मत प्राप्त गरे । प्रदेश १ मा  बेलकोटगढी नगरपालिकाको सवै वडा र  विदुर नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, १० र ११ रहेको छ ।


No comments:

Post a Comment