Sunday, November 27, 2022

मौद्रिक नितिको त्रैमासिक समिक्षा - घट्ने भयो ब्याजदर

नुवाकोट,११ मङ्सिर ।


राष्ट्र बैंकले वाणिज्य बैंक र विकास बैंकको ब्याज अन्तर (स्प्रेड) घटाएको छ । आइतबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षामार्फत राष्ट्र बैंकले स्प्रेड घटाएको हो ।  

‘वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिनेछ,’ समीक्षामा भनिएको छ, ‘यसबाट बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको छ ।’

प्रिमियमसम्बन्धी व्यवस्थाको नियमित अनुगमन समेत गरिने राष्ट्र बैंकले जनाएको छ ।

No comments:

Post a Comment