Monday, October 10, 2022

रसुवाका जनताको जीवनस्तर सुधार्ने उद्देश्य छ : नेता आचार्य

रसुवा, २४ असोज । 


नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले रसुवाली जनताको जीवनस्तरमा सुधार ल्याउनु आफ्नो मूल उद्देश्य रहेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयनपछि आज आयोजित कोणसभामा उहाँले विगतमा समुन्नत रसुवा निर्माणका लागि आफूले अगाडि सारेका विभिन्न योजना पूरा गर्ने बताउनुभयो ।

रसुवाकै महत्वपूर्ण योजनका रुपमा रहेको नौकुण्ड खानेपानी आयोजनाको काम नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकार गठन भएपछि अहिले वातावरण प्रभाव मूल्याङ्कनको चरणमा पुगेको उहाँले बताउनुभयो । केन्द्रदेखि प्रदेशसम्म सबैतिर सत्तारुण गठबन्धनकै पक्षमा माहोल रहेकाले समुन्नत रसुवा निर्माणका लागि कांग्रेस–माओवादी गठबन्धलाई अत्यधिक मत दिएर विजय गराउन उहाँले सबै मतदातालाई आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका नेता एवं रसुवा९क० का प्रदेशसभा सदस्यका प्रत्यासी प्रभात लामाले रसुवाको समग्र विकास गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य एवं रसुवा९ख० का प्रदेशसभा सदस्य प्रत्यासी इन्द्र गौतम ९जगतजङ्ग० ले कांग्रेस माओवादी गठबन्धले मात्र समृद्ध रसुवा निर्माणको आकाङ्क्षालाई मूर्तरुप दिनसक्ने भएकाले कांग्रेस–माओवादी गठबन्धका पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।

No comments:

Post a Comment