Sunday, October 9, 2022

राप्रपा सहमहामन्त्री र केन्द्रिय सदस्य नुवाकोटमा उमेदवार

 नुवाकोट, २३ असोज


राप्रपाले नुवाकोटको प्रतिनिधीसभाको २ वटा निर्वाचन क्षेत्र र प्रदेशको ४ वटै क्षेत्रमा उमेदवारी दर्ता गरेको छ । नुवाकोट क्षेत्र न २ को प्रतिनिधि सभा सदस्य पदका लागि पार्टीका केन्द्रीय सहमहामन्त्री झनक प्याकुरेलको उमेदवारी दर्ता गराएको छ । 

क्षेत्र नं २ को  प्रदेश (क) मा श्री दिपेश लामा र  प्रदेश (ख )मा रणप्रसाद न्यौपानेको उमेदवारी दर्ता गराएको हो । यस्तै, राप्रपाले  नुवाकोट क्षेत्र न १ को प्रतिनिधि सभा सदस्य पदका उमेदवार पार्टीका केन्द्रीय सदस्य सुदर्शन सिटौला तथा प्रदेश (क) मा रामू पण्डित (ख )मा बिमल थापाको उमेदवारी दर्ता गराएको हो । 


उमेदवारी दर्तापछि क्षेत्र नं २ का उमेदवार झनक प्याकुरेलले परिवर्तन र सुशासनका लागि आफूले उमेदवारी दिएको प्रतिकृया दिएका छन् । यस्तै, क्षेत्र नं का उमेदवार सुदर्शन सिटौंलाले त्यस क्षेत्रको विकास र सम्बृद्धीका लागि आफ्नो उमेदवारी रहेको प्रतिकृया दिए । 


No comments:

Post a Comment