Wednesday, September 14, 2022

नुवाकोटमा मनाईयो वालदिवस

नुवाकोट, भाद्र २९ ।

वालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नाराका साथ नुवाकोटमा वुधवार बिभिन्न कार्यक्रम गरी वाल दिवस मनाईएको छ । वाल दिवसको अवसरमा नेपाल वाल संगठन जिल्ला कार्यसमिति नुवाकोटको आयोजनामा सदरमुकाम विदुरमा वालवालिकाहरुलाई पुरस्कार वितरण तथा वाल अधिकार सम्बन्धी सम्वाद कार्यक्रम आयोजना भएको हो । 

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्रसिंह ठकुरीले वालवालिकाको सर्वाङ्गीण विकासका लागि परिवार, समाज र राज्यले महत्वपूर्ण भूमिका खेल्नुपर्ने वताए । शहर वजारका सम्पन्न परिवारमा हरेक दिन वाल दिवस जस्तो हुने भएपनि दुर्गमका विपन्न परिवारका वालवालिकाले न्युनतम अधिकारहरु पनि पाउन नसकिरहेको ठकुरीले बताए । नेपाल वाल संगठन नुवाकोटका अध्यक्ष राजेन्द्र अर्यालले वालवालिकाको शारिरिक र मानसिक विकासका लागि संगठनले विभिन्न सहयोगात्मक कार्यहरु गर्दै आएको वताए । कार्यक्रममा विदुरमा रहेको वालमन्दिरमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार र ‘आमाको माया’ छात्रावासमा रहेका वालवालिकालाई नगद हस्तान्तरण गरिएको छ । वालदिवसको अवसरमा वाल संगठन नुवाकोटले आमाको माया छात्रावासका वालवालिकाको लागि खाद्यान्न तथा अन्य आवस्यक सामाग्री समेत हस्तान्तरण गरेको हो । जिसस प्रमुख ठकुरीले ती सामाग्रस् छात्रावासका संयोजक सोमप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका छन् । 


No comments:

Post a Comment