Saturday, September 24, 2022

यशोदादेवि भगवान केसी मेमोरियल ट्रष्टद्धारा क्लवलाई सहयोग

नुवाकोट, असोज ८ । 

सामाजिक क्षेत्रमा क्रियाशिल यशोदादेवि भगवान केसी मेमोरियल ट्रष्टद्धारा क्लवलार्ई सहयोग हस्तान्तरण गरिएको छ ।  ट्रष्टका संरक्षक अर्जुननरसिंह केसीले क्लवका अध्यक्ष शंकर तामाङलाई आवस्यक सामाग्री हस्तान्तरण गरेका हुन् । 

ट्रष्टले नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं १ को नेपाल दुर्गम बिकास युवा क्लबलाई जर्सी र फुटवल सहयोग गरेको हो । कग्यु मोन्लाम युवा क्लब द्वारा आयोजित खुल्ला फुटबल प्रतियोगितामा सहभागी हुन दुर्गम विकास युवा क्लवलाई जर्सी २४ थान , फुटबल जुत्ता २४ थान र फुटबल २ थान सहयोग हस्तान्तरण गरिएको हो । प्रतियोगितामा सहभागी खेलाडीलाई थप हौसला प्रदान गर्न जर्सी र फुटवल सहयोग गरिएको ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसीले वताए । 

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको बाबुआमाको स्मृतीमा केसी परिवारले  स्थापना गरेको ट्रष्टले जिल्लाको शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ । 


No comments:

Post a Comment