Tuesday, September 27, 2022

होटल व्यवसायीको नयाँ कार्यसमितिका पदाधिकारीको पदस्थापन

नुवाकोट, ११ असोज ।

नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई पदस्थापन गरिएको छ । सोमवार जिल्लाको बट्टार वजारमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजिन्द्रविक्रम ठकुरीले पदाधिकारीहरुलाई पदस्थापन गराएका हुन् ।

संघको दशौ साधारण सभा तथा चौथो अधिबेशनले होटल दियालोका सञ्चालक वासुदेव अधिकारीको नेतृत्वमा सर्वसहमत रुपमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा गोविन्द राज न्यौपाने, उपाध्यक्षमा आरएस अधिकारी, रामशरण पौडेल र रमेश तामाङ चयन भएका छन् । त्यस्तै महासचिवमा रविन्द्र चालिसे, उप–महासचिवमा रितेश सुव्वा तामाङ, सचिवमा दिपक गजुरेल र कोषाध्यक्षमा शारदा ढकाल चयन भएका हुन् । त्यस्तै संघको सदस्यहरुमा धुव्र बोगटी, चन्द्र घले, सुवास घिमिरे, गोपाल तामाङ, सुरेश पौडेल, नमराज आचार्य, विनोद शेर्पा र सागर शाह चयन भएका छन् ।

पदस्थापनसँगै आयोजित कार्यक्रममा संघका निवर्तमान अध्यक्ष अमृत भूजेल, उपमहासचिव शेरवहादुर थापा, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका वागमती प्रदेश अध्यक्ष सन्तोष उप्रेती लगायतले व्यवसायीले भोग्दै आएका समस्याका सम्बन्धमा चर्चा गरेका थिए । 


No comments:

Post a Comment