Tuesday, September 13, 2022

त्रिशूली थ्रीबीको सेयरबापत अब प्रतिकित्ता ८७ रुपैयाँ बुझाए पुग्ने

भाद्र २८, नुवाकोट । 

रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको सेयरवापत अब प्रतिकित्ता ८७ रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने भएको छ । असोज ४ गतेबाट सर्वसाधारण सेयर खरिदकर्ताले रकम बुझाउनुपर्नेछ । रकम बुझाउने अन्तिम मिति कात्तिक १७ तोकिएको छ ।  

जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत० सेयर निष्कासन गरी प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँटमा सेयर पाई १० रुपैयाँ बुझाएका सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्ने भए पनि जनताको जलविद्युत् कार्यक्रम ९सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत ब्याज दिनु पर्ने प्रावधान रहेबमोजिम प्रतिकित्ता ३ रुपैयाँ ब्याज हुने भएकाले अब ८७ रुपैयाँ मात्र जम्मा गरे हुने भएको हो । कुुल १ लाख ५४ हजार ५ सय ५९ जना आवेदकले यो रकम बुझाउने छन् ।

साबिकका सर्वसाधारण सेयरधनीबाट अब ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गरिने कम्पनीका प्रबन्ध–सञ्चालक मोहन प्रसाद गौतमले बताए । रकम बुझाउने अन्तिम मितिसम्म आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत शेयरधनीहरुले रकम बुझाउन सक्नेछन् । शेयरधनीहरुले यसरी रकम भुक्तानी गर्दा आस्वा शुल्क समेत तिर्नु पर्ने छैन । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

जनताको जलविद्युत् कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५ अनुसार सेयर वापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयरधनीले लिन कबुल गरेको सेयर वापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नु पर्ने व्यवस्था छ । त्रिशुली जलविद्युत् कम्पनीमा विद्युत् प्राधिकरण र नेपाल टेलिकमको ३०र३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५, रसुवा तथा नुवाकोटबासीको १०, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।

आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कुल लागत ८ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने अनुमान छ । निर्माण अवधिको ब्याज बाहेकको आयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँमध्ये ३० प्रतिशत इक्विटी ९२ अर्ब ४७ करोड० र ७० प्रतिशत ऋण ९५ अर्ब ७६ करोड०बाट जुटाइएको छ ।

समग्र निर्माण प्रगति ६५ प्रतिशत रहेको आयोजनाको काम २०८० को असोजभित्रमा सक्ने लक्ष्य राखिएको छ । आयोजनाबाट सुख्खायाममा १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ । उत्पादित विद्युत् हाल सञ्चालनमा रहेको समुन्द्रटार–त्रिशूली ३ वी हब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।

No comments:

Post a Comment