Friday, September 30, 2022

सडकमा ‘पन्छाईनसक्नुको पहिरो’

नुवाकोट, १४ असोज

‘गल्छी–रसुवागढी सडक’ अन्तरगत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ लामासोतीमा सुख्खा पहिरो गएको
छ ।  पहिरोले ‘देवीघाट–गल्छी’ सडक पूर्ण रुपमा अबरुद्ध हुदाँ नुवाकोट र रसुवावाट सञ्चालन हुने सवारीसाधानको पृथ्वी राजमार्गसँग सम्बन्ध टुटेको छ । 

नुवाकोटको बेलकोटगढी नगरपालिका ७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले बताए । सडक माथिबाट खसेको ठूलो पहिरो सडकबाट त्रिशूली नदीसम्म पुगेको छ । सडक अवरुद्ध हुँदा राजधानी काठमाण्डौं र तराईका जिल्लाहरुबाट नुवाकोट र रसुवाका लागि खाद्य सामाग्री र अन्य अत्यावस्यकीय सामाग्री वोकेर आएका मालवाहक सवारीसाधन अलपत्र परेका छन् । डिएसपी खड्काका अनुसार काडमाडौं हुँदै धादिङको गल्छी, मकवापुरको हेटौंडा र चितवन नारायणगढ हुँदै नुवाकोट र रसुवा आउने सवारी बुधसिङघाट पर महादेवफाँटमा रोकिएका छन् । नुवाकोट र रसुवा हुँदै गल्छी जाने गाडी काँशीटारतर्फ रोकिएका छन् । ठूलो परिमाणमा पहिरो खसेकोले सडक सुचारु हुन केहि समय लाग्ने भएकोले आवतजावतका लागि बैकल्पिक सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । रसुवा र नुवाकोट आवतजावत गर्न गल्छि–देविघाट वाहेक पासाङल्हामुमार्ग र छहरे–टोखा सडक सञ्चालनमा छन् । 


No comments:

Post a Comment