Tuesday, September 27, 2022

दोश्रो दशै जिल्ला स्तरीय फुटवल प्रतियोगिता शुरु

नुवाकोट, ११ असोज ।

नुवाकोटमा दोश्रो दशै जिल्ला स्तरीय फुटवल प्रतियोगिता शुरु भएको छ । लामिडाँडा सामाजिक युवा क्लवको आयोजनामा जिल्लाको विदुर नगरपालिका वडा नं ५ पिपलटारमा प्रतियोगिता शुरु भएको हो ।

सोमवारबाट शुरु भएको प्रतियोगितामा जिल्लाका १० वटा फुटवल क्लवको सहभागिता रहेको अध्यक्ष सुजन गजुरेलले जानकारी दिए । प्रतियोगिताको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले एक कार्यक्रमका विच उद्घाटन गरेका छन् । सोमवार भएको उद्घाटन खेलमा आयोजक लामिबगैचा युवा क्लवलाई कोलोनी युथ सर्कलले २–० गोलले पराजित गरेको छ । यस्तै, दास्रो खेलमा ईनारपाटी युवा क्लवले माझिगाउँ युवा क्लवलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।  प्रतियोगिता अघि आयोजित उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसी, विदुर नगरपालिकाका उपप्रमुख प्रभा वोगटी, बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहाल, विदुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष लिलानाथ न्योपाने, नेपाली कांग्रेसका नेता राजु थापा, सुरेन्द्रराज अधिकारी लगायतले खेलकुदको विकासका लागि प्रतियोगिता सहयोगी हुने विश्वास व्यक्त गरे ।



No comments:

Post a Comment