Monday, September 26, 2022

बेलकोटमा करिव २ सय परिवारको सामुहिक जमरा

१० असोज, नुवाकोट । 

सोमवार बढादशैको पहिलो दिन घटस्थापना । घटस्थापनाको दिन हिन्दु धर्मावलम्बीहरुले घर–घरमा जमरा राख्ने गरेका छन् । तर, नुवाकोटको  बेलकोटगढी नगरपालिका वडा नं १० मा रहेको निरञ्जना भगवतीको मन्दिरमा भने सामुहिक जमरा राखिएको छ । 

वडादसैंको लागि बेलकोटगढी नगरपालिका वडा नं १० मा रहेको निरञ्जना भगवतीको मन्दिरमा हरेक वर्ष सवै जातजातीले सामुहिक जमरा राख्ने गरेका छन् । यहाँका स्थानीयले आफ्नो घरवाट जमरा राख्ने सामाग्री ल्याई मन्दिरमा नै जमरा राख्दै आएका ह्ुन् । घटस्थापनाको दिन सोमवार यहाँ गाउँका १ सय ८० परिवारले जमरा राखेको निरन्जना भगवती मन्दिरका पुरोहित नारायणप्रसाद पौडेलले जानकारी दिए ।

व्राम्हणक्षत्री मात्र नभएर जनजाती र दलितले पनि यहाँ सामुहिक जमरा राख्ने गरेका छन् । सामुहिक जमरा राख्ने यो प्रचलनले यहाँ जातीय विभेद न्युनिकरणमा पनि सहयोग पुग्दै आएको देखिन्छ । बडादशैको अवसरमा अन्य शक्तिपिठहरुमा पनि जमरा राखिने गरिएको छ । तर, घरघरमा जमरा नराखी मन्दिरमा राखिएको जमरा नै प्रयोग गर्ने प्रचलन भने कमै मात्र पाईन्छ । ९ रातसम्म धार्मिक अनुष्ठान जारी राखी विजयादशमीको दिन स्थानीयलाई जमरा वितरण गर्ने गरिएको पुरोहित पौडेलले वताए । 

सामुहिक जमरा राख्ने प्रचलन कहिलेदेखि शुरु भयो भन्ने प्रामाणिक ईतिहास भेटिएको छैन । पृथ्वी नारायण शाहले नेपाल एकिकरणका क्रममा विक्रम संवत १८०१ मा नुवाकोट विजय गरेपछि वेलकोटगढी विजय गरेको र त्यहि समयमा मन्दिर स्थापना गरि सामुहिक रुपमा जमरा राख्ने र बढादशै मनाउने प्रचलन रहेको स्थानीयको भनाई छ । स्थानीय निकाय निर्वाचनपहिले सामूहिक जमरा राखी पुजा सञ्चालन गर्न पुरातत्व विभागले आर्थिक सहयोग गर्दै आएकोमा हाल वेलकोटगढी नगरपालिकाले नगद उपलब्ध गराउन थालेको छ ।  


No comments:

Post a Comment