Saturday, September 24, 2022

हावाघर परिसरमा सरसफाई

 नुवाकोट, असोज  ८ । 

विदुर नगरपालिका वडा नं ४ मा रहेको हावाघर तथा मिलन उद्यान परिसरमा सरसफाई गरिएको छ । वडा नं ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेलको नेतृत्वमा हावाघर परिसरमा सरसफाई गरिएको हो । 

लियो क्लव अफ नुवाकोटको सहयोगमा विदुर नगरपालिका वडा नं ४ ले गरेको सरसफाई अन्तर्गत हावाघर परिसरमा रहेको मिलन उद्यान, पार्क, दुर्वा मन्दिर, श्रीकृष्ण मन्दिर लगायत क्षेत्रमा सरसफाई गरिएको हो । नेपाली सेनाको जवर्जङ गण, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासिन्दाको सहभागितामा सरसफाई गरिएको हो । धार्मिक एवं प्राकृतिक रुपले मनोरम यस स्थानको मठमन्दिर र पार्कमा चाडपर्व नजिकिएसँगै स्थानीयको उपस्थिती बाक्लिने गरेको छ । विजयादशमी तथा दिपावलीमा यहाँको मठमन्दिरमा स्थानियको उल्लेख्य उपस्थिती हुने भएकोले सरसफाई गरिएको वडाध्यक्ष निलमवावु ढुङ्गेलले वताए । नुवाकोटको प्रमुख ब्यापारिक क्षेत्र र बढि आवादी भएको बट्टार वजारभित्र पर्ने मनोरम स्थल हावाघरमा विहान वेलुकीको समयमा योग, शारिरिक व्यायाम र कसरत गर्न स्थानीय आउने गरेका छन् । देविघाट जलविद्युत गृह निर्माणसँगै चार दशक अघि निर्माण भएको हावाघर भूकम्पले क्षतीग्रस्त बनाएपछि पुननिर्माण गरिएको हो । हाल यस स्थानमा मठमन्दिर, पार्क र व्यायामस्थल निर्माणसँगै स्थानीयको थप चहलपहल हुने गरेको छ । 


No comments:

Post a Comment