Monday, September 19, 2022

नुवाकोटमा मनाईयो संविधान दिवस

 नुवाकोट, असोज ३ ।

संविधान दिवस नुवाकोटमा पनि विभिन्न कार्यक्रम आयोजना गरि मनाईएको छ । संविधान दिवस मूल समारोह समितिको आयोजनामा प्रभातफेरी तथा प्रवचन सहित संविधान दिवस मनाईएको हो ।

जिल्लाको बट्टार वजारबाट शुरु भएको प्रभातफेरी विदुरस्थित लोकतान्त्रिक चौतारोमा पुगेर समापन गरिएको छ । प्रभातफेरीपछि आयोजित सभामा वक्ताहरुले संविधानको पालना गरी लोकतन्त्रलाई थप मजवुद बनाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा मूल समारोह समिति संयोजक एवं नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले संविधान कार्यान्वयनमा कर्मचारी र स्थानीय सरकारको भूमिका अझै महत्वपूर्ण हुने वताए । आम नागरिकलाई संविधान प्रदत्त अधिकार उपभोग गर्न सहजीकरणको भूमिका खेल्न रिसालले कर्मचारी र स्थानीय तहलाई आग्रह गरे । कार्यक्रममा  जिल्ला समन्वय समिति नुवाकोटका संयोजक राजेन्द्रविक्रम ठकुरी, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नेकपा एमालेका नेता अरुणकुमार श्रेष्ठ, नेपाली कांग्रेसका नेता राजु थापा, नेकपा माओवादी केन्द्रका नेता ईन्द्र पण्डित लगायत वक्ताहरुले संविधानको कार्यान्वयनमा स्थानीय सरकार, राजनीतिक दल, नागरिकसमाज लगायतको भूमिका सम्बन्धमा चर्चा गरेका छन् । 


No comments:

Post a Comment