Wednesday, September 14, 2022

गल्छि–त्रिशूली सडकखण्ड अवरुद्ध

नुवाकोट, भाद्र २९ ।


मिनिट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको विरोधमा मृतकका आफन्तले गल्छी–त्रिशुली सडक अवरुद्ध गरेका छन् । मृतकको परिवारलाई उचित क्षतिपुर्ती, घाईतेको उपचार र दोषिलाई कारवाहीको माग गर्दै मृतकका आफन्तर स्थानीयले सडक अवरुद्ध गरेका ह्ुन् । 

नुवाकोटको बेलकोगढी नगरपालिका वडा नम्बर ७ महादेवफाँटमा मंगलवार साँ“झ मिनिट्रकलको ठक्करबाट सोही स्थानका विरेन्द्र कुवरको मृत्यु भएको हो । महादेबफाटबाट पृथ्वी राजमार्गतर्फ जाँदै गरेको बा ३ ख १६४ नम्बरको आइचरले बाटो हिँडिरहेका ५५ वर्षिय कुवर र अर्का ४८ वर्षिय राजेन्द्र राईलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मिनिट्रकको ठक्करबाट कुवरको घटनास्थलमै ज्यान गएको हो । घाइते राइलाइ भने स्थानिय अस्पतालमा सामान्य उपचार गरेपछि काठमाण्डौको बि एन्ड बि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानियले आईचर तोडफोड गरेर आगजनी गरेका छन् । उनिहरुले दोषीलाई कारवाही र घाइते तथा मृतकका आफन्तलाई क्षतिपुर्तीको माग गर्दै प्रर्दशन गरिरहेका छन् । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बताएको छ ।

गल्छि–त्रिशूली सडक अवरुद्ध हुँदा रसुवा र नुवाकोटबाट राजधानी आवतजावत गने सवारीसाधन बैकल्पिक सडक छहरे–टोखाबाट सञ्चालन भएका छन् । 


No comments:

Post a Comment