Saturday, September 10, 2022

संगम सहकारीको बचत संकलन २६ करोड माथि

नुवाकोट । भाद्र २५ गते । 

संगम बचत तथा ऋण सहकारीको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर ४ बट्टारमा रहेको सहकारीको शनिवार विदुरमा सम्पन्न साधारणसभाले वार्षिक निती, कार्यक्रम र बजेट सर्वसम्मतीले पारित गरेका छ । 

साधारणसभामा सहकारीका अध्यक्ष नारायण श्रेष्ठले संस्थाको निती, कार्यक्रम तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । विदुर नगरपालिकाभित्रका २ हजार १३ जना सेयर सदस्य रहेको सहकारीमा आर्थिक वर्ष २०७८। ०८९ सम्ममा २ करोड ६३ लाख ४४ हजार नौ सय रुपैयाँ सेयर पुँजी रहेको अध्यक्षको प्रतिवेदनमा जनाईएको छ । यस्तै, सहकारीले आर्थिक वर्ष २०७। ०८९ मा २४ करोड पन्ध्र लाख एकचालिस हजार एक सय ७२ रुपैयाँ वचत संकलन र २६ करोड २६ लाख सैतिस हजार ६ सय रुपैयाँ कर्जा लगानी गरेको कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठको प्रतिवेदनमा जनाईएको छ ।  

वार्षिक साधारणसभाको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा नगर प्रमुख श्रेष्ठ, जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपाने, पत्रकार महासंघ वागमती प्रदेश अध्यक्ष शिव देवकोटा, राष्ट्रिय सहकारी बैंक नुवाकोटका जिल्ला संयोजक बैकुण्ठ मिश्र, नुवाकोट उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गीता अमात्य, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, बट्टार सहकारीका अध्यक्ष ओमप्रकाश श्रेष्ठ, सहयोगी बहुउद्देश्यीय सहकारीका अध्यक्ष बाबुराम अधिकारी, लायन बचत तथा ऋण सहकारीका ध्रुब ढकाल, चौतारी–गोसाइँकुण्ड सहकारीका सचिव सुकुमान डंगोललगायतले शुभकामना मन्तब्य दिएका थिए । 

कार्यक्रममा स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि बनेका सहकारीका शेयर सदस्य, उत्कृट कारोवार गर्ने सदस्य तथा सहकारीले अघिल्लो साता गरेको जिल्ला स्तरिय अन्तर मावि संगम वक्तृत्वकला प्रतियोगिता–२०७९ का विजेताहरुलाई पुरस्कार समेत प्रदान गरिएको छ । सम्मानित हुनेहरुमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, तारकेश्वर गाउँपालिका वडा नं. १ का अध्यक्ष चक्रबहादुर तामाङ, विदुर वडा नं. ९ का सदस्य राजकुमार श्रेष्ठ र जिल्ला समन्वय समितिका सदस्य राजेन्द्र श्रेष्ठ रहेका छन् । कार्यक्रममा उत्कृट कारोवार गर्नेमा बचत तर्फ त्रिशुली वजारका राधिका नापित, ऋण तर्फ विदुरका टंकबहादुर बानियाँ, बाबुनानी बचतामा पिपल्टारका याशिका तामाङलाई सम्मानित गरिएको छ । यस्तै, अघिल्लो साता भएको जिल्ला स्तरिय अन्तर मावि संगम वक्तृत्वकला प्रतियोगिता–२०७९ का विजेताहरुलाई पुरस्कार समेत प्रदान गरिएको छ । 

प्रतियोगितामा पहिलो हुने पृथ्वी मावि विदुरका रेजिना भण्डारी, दोश्रो हुने कल्याणकारी विद्या मन्दिर विदुरका समीक्षा श्रेष्ठ, तेश्रो हुने अर्किड एकेडेमी बट्टारका स्मृति रिमाल, सान्त्वना स्थान पाएका स्पार्कल स्कुल त्रिशुली कोलोनीका सिम्रन अधिकारी र अर्किड एकेडेमीका प्रतीक्षा रिमाललाई पुरस्कार प्रदान गरिएको छ ।


No comments:

Post a Comment