Saturday, September 10, 2022

क्रियटिभ सहकारीको साधारणसभा सम्पन्न

नुवाकोट , भाद्र २५ गते । 

क्रियटिभ बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा रहेको सहकारीको साधारणसभाले संस्थाको वार्षिक निती, कार्यक्रम र बजेट सर्वसम्मतीले पारित गरेका छ । 

साधारणसभामा सहकारीका अध्यक्ष राम जोशीले संस्थाको निती, कार्यक्रम तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । विदुर नगरपालिकाभित्रका ८ सय भन्दा बढि सेयर सदस्य रहेको सहकारीमा आर्थिक वर्ष २०७८/०८९ सम्ममा १ करोड ७७ लाख ५७ हजार ८ सय रुपैयाँ सेयर पुँजी रहेको अध्यक्षको प्रतिवेदनमा जनाईएको छ । यस्तै, सहकारीले आर्थिक वर्ष २०७८/०८९ मा ४ करोड ७८ लाख २३ हजार ८ सय ६१ रुपैयाँ वचत संकलन र ७ करोड २ लाख ४४ हजार ५ सय रुपैयाँ कर्जा लगानी गरेको कोषाध्यक्ष प्रकाशविर शाक्यको प्रतिवेदनमा जनाईएको छ ।  

वार्षिक साधारणसभाको जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा संघका अध्यक्ष न्यौपाने, विदुर नगरपालिकाका सहकारी शाखा प्रमुख पुष्कर शर्मा रिमाल,  राष्ट्रिय सहकारी बैंक नुवाकोटका जिल्ला संयोजक बैकुण्ठ मिश्र, राष्ट्रिय सहकारी बैकका शाखा प्रमुख प्रदिप अर्याल, लायन बचत तथा ऋण सहकारीका अध्यक्ष कुवेरमान श्रेष्ठ,  श्रीकृष्ण बचत तथा ऋण सहकारीका सचिव श्रीराम नेपाल, जनमुखी सहकारीका भोजराज पनेरु लगायतले शुभकामना मन्तब्य दिएका थिए । 


No comments:

Post a Comment