Monday, August 1, 2022

पृथ्वी राजमार्गमा सडक दुर्घटना–मुक्तिनाथ विकास बैकका बट्टार शाखा प्रवन्धक सहित १८ जना घाईते

नुवाकोट । साउन १६ ।

मुग्लिन नारायणगढ सडक खण्डको भोर्लेमा माइक्रो दुर्घटना भएको छ । मुक्तिनाथ विकास बैक बट्टार शाखाका प्रबन्धक सुभाष नेपाल सहित १८ जना यात्रु घाईते भएका छन् । घाईतेहरुको अवस्था सामान्य रहेको छ । शाखा प्रवन्धक नेपालले सामाजिक सञ्जाल मार्फत आफ्नो अवस्था सामान्य रहेको जानकारी दिएका हुन् । नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको बा ३ ख ८५८८ नम्बरको माइक्रो चितवनको भोर्लेमा दुर्घटना भएको हो । आफै अनियन्त्री भई सडकबाट २० मिटर तल खसेको माक्रोमा चालक सहित जना सवार रहकोमा उनीहरु सबै घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरु अधिकांश मुक्तिनाथ विकास बैंकको कर्मचारी भरतपुरमा कार्यक्रम सकेर धादिङ्ग फर्किदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।

घाइतेहरुको नामः

१.टिकाराम श्रेष्ठ (धादिङ)
२.प्रमिला भट्ट (धादिङ)
३.सरोज खतिवडा (धादिङ)
४.दीपा रेग्मी (धादिङ)
५.जीवन कुमार (नुवाकोट)
६.उपेन्द्र भण्डारी (नुवाकोट)
७.सुजन आचार्य (धादिङ)
८.सरोज मोक्तान (मकवानपुर)
९.सावित्री सापकोटा (धादिङ)
१०.स्वस्तिका आचार्य (धादिङ)
११.विकास संजेल (ललितपुर)
१२.मनोज भण्डारी (धादिङ)
१३.सुवास नेपाल (नुवाकोट)
१४.धर्मबहादुर खड्का (दोलखा)
१५.प्रकाश अधिकारी (धादिङ)
१६.सनिशा अधिकारी (धादिङ)
१७.रोजिना श्रेष्ठ (धादिङ)
१८.अन्जेल कुमाल (भरतपुर)

No comments:

Post a Comment