Monday, August 8, 2022

मनकामना केबुलकार आजबाट ६ साता लामो समयसम्म बन्द हुने

कुरिनटार  ,२३ साउन ।

मनकामना केबुलकार मर्मत संभारका लागि आजबाट ६ साता लामो समयसम्म बन्द भएको छ । एनालग प्रविधिमा रहेको केबुलकार डिजिटल प्रविधिमा लानको लागि साउन २३ गतेदेखि भाद्र मसान्तसम्मको लागि बन्द गरिएको हो ।

केबलकार मर्मतका लागि अष्ट्रेलियाबाट प्राविधिकहरू आइतबार नै चेरेशमा आइसकेको सोमबार बिहानैदेखी काम शुरु भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्वल शेरचनले बताउनुभयो । उहाँका अनुसार बन्द अवधी भित्र केबललाई घुमाउन प्रयोग भएको मुख्य बेरिङ, कारका सबै ग्रिप फेर्ने र टावर नम्बर २, ३, ५ र ६ नम्बरको टावरको ओभरहल सर्भिसिङका साथै कारका सबै ह्याङगरहरु चेकजाँच हुने छन् ।

सञ्चालक मध्ये एक राजेशबावु श्रेष्ठका अनुसार स्तरोन्नतिका लागि ६ हप्ता लाग्ने प्रारम्भिक प्रक्षेपण गरेर सोही अनुसारको तयारी थालीको भएता पनि चाढै नै काम सम्पन्न भएको खण्डमा सोही अनुसार केबुलकार सञ्चालनमा आउने बताउनुभयो ।

सञ्चालनको २ दशक पार गरेको केबुलकारले विश्व बजारमा एनालग प्रविधि हराउदै गएको र डिजिटल प्रविधि आउन थालेकोले सोही अनुरुप केबुलकारलाई ढाल्न खोजिएको सञ्चालन श्रेष्ठले बताउनुभयो ।

गोरखाको मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको दर्शन गर्न जान सहजताक लागि वि.स.०५५ सालमा मंसिर ८ गतेबाट विधिवत रुपमा सञ्चालनमा आएको हो ।

स्तरोन्न्तीका लागि ५ देखी ६ हप्ता सम्म लाग्ने जनाएको छ । सो अवधीभर केबुलकार सेवा बन्द रहने छ । बटम स्टेशन स्थित रेष्टुरेन्ट खुल्ला रहने छ ।

No comments:

Post a Comment