Monday, August 8, 2022

वागमती र प्रदेश १ मा भारी वर्षाको संभावना

काठमाडौं, साउन २३ गते । 

साउनको अन्तिम समय भएपनि हाल मनसुनी प्रणाली सक्रियनै रहेको छ । सोमबार वागमती र प्रदेश १का केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले विज्ञप्ती प्रकाशन गरी जनाएको छ । 

हाल प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली हुने र देशका पहाडी भू–भागकाकेही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने बताइएको छ। आज राती प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले आग्रह गरेको छ। 

No comments:

Post a Comment