Wednesday, August 10, 2022

कांग्रेस नेता लामालाई पितृशोक

नुवाकोट । २५ साउन । 

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामालाई पितृशोक परेको छ । सांसद लामाका पिता दिपवहादुर लामाको गएराती ११ वजे निधन भएको हो । विभिन्न स्वास्थ्य समस्याले ग्रसित लामाको किस्पाङ गाउँपालिकाको मनकामना स्थित आफ्नै निवासमा निधन भएको हो । लामाको तामाङ संस्कृती अनुसार आज नै अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । 


No comments:

Post a Comment