Tuesday, August 2, 2022

थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ५ हजार १४४ पुगे

नुवाकोट । १७ साउन ।


 

नेपालमा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७६२ पीसीआर र २ हजार ६५३ एन्टिजेन परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षणबाट ५०९ र एन्टिजेन परीक्षणबाट ३०५ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार ८९५ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार १४४ जना पुगेको छ ।

२४ घण्टामा निको हुनेको संख्या २९९ रहेको छ । सोही अवधिमा ११ हजार ५१३ जनाले खोप लगाएका छन् ।

No comments:

Post a Comment