Tuesday, August 2, 2022

पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुग्यो

नुवाकोट । १७ साउन । 

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको घाङ्लेपानीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ ।प्रहरीका अनुसार मंगलबार बिहान साढे ६ बजेतिर खसेको पहिरोले पुर्दा गोठे विकका छोराहरु १७ वर्षीय नवीन र १४ वर्षीय राजन विकको घटनास्थलमै मृत्यु भएको थियो ।

पहिरोमा पुरिएका छिमेकी परिवारका ३७ वर्षीय घामबहादुर, उनकी ३२ वर्षीया श्रीमती राममाया र ८ वर्षीया छोरी रोजीको मृत्यु भएको हो । पहिरोमा पुरिएका उनीहरुको शव स्थानीयले पहिरो खनेर मंगलबार दिउँसो १२ बजेतिर झिकेका हुन् ।

पहिरोमा परी घाइते भएका ६२ वर्षीय गोठे विक र उनकी ६७ वर्षीया गोरी विकको स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । प्रहरीले वर्षा नरोकिएको र खराब मौसमको कारण घाइतेको उद्धारमा हेलिकोप्टर पठाएर उद्धार गर्न समस्या भएको जनाएको छ 

No comments:

Post a Comment