Friday, August 12, 2022

जनै पुर्णिमा पर्व मनाईदै

नुवाकोट । २६ साउन । 

हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी शुक्रवार नुवाकोटमा पनि मनाईएको छ । जनै पुर्णिमाको अवसरमा हिन्दु व्राम्हण तथा क्षत्रीहरुले त्रिशूली र तादी नदिमा नुवाईधुवाई गरेका छन् । जनै पुर्णीमाको अवसरमा विशेष गरी शिव मन्दिर सहित विभिन्न मन्दिरहरुमा पनि भक्तजनहरुले पुजाआजा गरेका छन् । 

विहानै ब्राम्हणहरुले नदी किनारामा भगवान शिवको आराधाना सहित रुद्री पाठ गरी जनै तथा हातमा लगाउने रक्षाबन्धन डोरो पुजा गरेका छन् । यस दिनमा बिहान नुहाइ धुवाइपछि जौं, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भन्ने गरिएको हो । यसरी विधिपुर्वक पुजा गरिएको जनै र डोरो व्राम्हण पुरोहितहरुले घर–घरमा गएर लगाईदिने प्रचलन रहेको छ । गर्ने जनै तथा रक्षावन्धन डोरो विधिपूर्वक मन्त्रेर  लगाउने प्रचलन छ । 


No comments:

Post a Comment