Wednesday, July 6, 2022

अर्थमन्त्री शर्माले दिए राजिनामा

नुवाकोट । २२ असार । 


अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजीनामा दिएका हुन्।‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यबाद दिन्छु,’ संसदको रोष्टमबाट शर्माले भने, ‘यो छानबिनका लागि मैले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु।’शर्माले बजेट बनाउँदा आफूले कुनै गल्ती नगरेको पनि बताएका थिए।राजीनामा दिएपछि संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘मैले कुनै गल्ती गरेको छैन। कमीकमजोरी गरेको छैन। यसबारे प्रश्न उठेपछि सत्यतथ्य छानबिन होस् भनेर राजीनामा दिएको हुँ।’

शर्माले आजै संसदमा बोल्दै आधिकारिक व्यक्तिहरूबाट बजेट बनाइएको बताएका थिए। उनले सिसीटिभी फुटेज आफूले डिलिट नगरेको पनि बताएका थिए।

No comments:

Post a Comment