Friday, June 24, 2022

तादीको बजेट ४४ करोड १४ लाख

 नुवाकोट । असार १० । 

नुवाकोटको तादी गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट पारित भएको छ । शुक्रवार गाउँपालिकाको एघारौ गाउँ सभाले गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट पारित गरेको हो । 

सभामा अध्यक्ष सन्तमान तामाङले आगामी आर्थिक वर्षको नीति तथा  कार्यक्रम प्रस्तुत गर्नुभएको भएको थियो । पालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार विकास लगायतका कार्य सम्पन्न गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सभामा गाउँपालिका उपाध्यक्ष सञ्जु प्याकुरेलले आव.२०७९।०८० को लागि चौवालिस  करोड चौध लाख नब्बे हजार बजेट प्रस्तुत गर्नुभएको छ । गाउँसभा गाउँपालिकाका निवर्तमान अध्यक्ष नारायणप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।  

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजन विधेयकसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।  


No comments:

Post a Comment