Tuesday, June 28, 2022

विदुरलाई बालश्रममुक्त घोषणा गर्ने प्रतिबद्धता

नुवाकोट । १४ असार ।

नुवाकोटको विदुर नगरपालिकालाई बालश्रममुक्त बनाउन सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । विदुरमा आयोजित बालश्रममुक्त स्थानिय तह घोषणा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सरकारवालाहरुले जिल्लाका १२ वटा पालिकामध्ये विदुर नगरपालिकालाई पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा गर्न प्रतिबद्धता जनाएका हुन् ।  

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले वजार क्षेत्र रहेको नगरपालिकाको वडा नम्बर २ र ४ लाई बालश्रम मुक्तक्षेत्र घोषणा गर्ने तयारी रहेको बताए । कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले बालश्रम मुक्त नगरपालिका बनाउने अभियानलाई प्राथमिकतामा राखेर काम गर्ने बताईन् । कार्यक्रममा विदुर नगरपालिकाको वडा नं ५ का वडाध्यक्ष लिलानाथ न्यौपाने, वडा नं ४ का वडाध्यक्ष निलमवावु ढुङ्गेल लगायत जनप्रतिनिधीले अन्य स्थानीय तहका बालबालिका नगरक्षेत्रमा बालश्रमिकको रुपमा काम गर्दै आएकोले ती स्थानीय तहस“ग समन्वय गरेर बालश्रममुक्त घोषणा गर्न सकिने बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, जिल्ला अध्यक्ष कपिलदेव खनाल, सञ्चारकर्मी सुनिल श्रेष्ठ लगायतले बालश्रम मुक्त स्थानीय तह घोषणा गर्न सञ्चारक्षेत्रबाट आवस्यक प्रबद्र्धनात्मक क्रियाकलाप गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा मन्त्रालयका सह–सचिव डा.दिपक काफ्ले, उप–सचिव गुरुदत्त सुवेदी, विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद मरासिनी लगायतले बालश्रम मुक्त घोषणा कार्यक्रमको आवस्यकतामाथि प्रकाश पारेका थिए । 


No comments:

Post a Comment