Sunday, June 26, 2022

नुवाकोटमा लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध प्रभातफेरी

नुवाकोट । १२ असार । 

नुवाकोटमा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाईएको छ । जिल्ला प्रशाशन कार्यालय नुवाकोटको आयोजनामा प्रभातफेरी सहित दिवस मनार्ईएको हो । 

नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायण रिसालले लागु पदार्थ दुब्र्यसन र ओसारपसार विरुद्ध एक्यवद्धता जनाउन आव्हान गर्दै प्रभातफेरीको शुरुवात गरेका थिए । जिल्लाको बट्टार वजारमा रहेको नुवाकोट आदर्श वहुमुखी क्याम्पसबाट शुरु भएको प्रभातफेरी विदुरमा पुगेर सम्पन्न भएको हो । सहभागीहरुले  ‘बनाऔ लागु औषध मुक्त गाउँ सहर, मिलेर संघ प्रदेश अनि स्थानीय सरकार’,..‘सुखी नेपाली समृद्ध नेपालको सपना, लागुऔषधमुक्त समाज हाम्रो परिकल्पना’..लगायतका सन्देशमुलक प्ले कार्ड सहित ¥यालीमा सहभागिता जनाएका थिए ।

¥यालीमा जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, जिल्ला ट्राफिक कार्यालय, विदुर नगरपालिकाको कार्यालय लगायत सरकारी कार्यालयका अतिरिक्त नुवाकोट उद्योग वाणिज्य संघ, गैसस महासंघ, नेपाल रेडक्रस सोसाईटी लगायत पेशागत र सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधी र नुवाकोट आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीको सहभागिता रहेको थियो । 


हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ ओसारपसार तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने गरिएको छ । यस वर्ष ‘स्वास्थ्य र मानवीय सङ्कटका समयमा लागु पदार्थको चुनौतीहरूको सम्बोधन’ भन्ने नाराका साथ विश्वभरि नै यो दिवस मनाईदै छ । 


No comments:

Post a Comment