Friday, June 24, 2022

विदुरको नगरसभा स्थगित

नुवाकोट । असार १० । 

बहुमत सदस्यको वहिस्कारपछि नुवाकोटको विदुर नगरपालिकाको नगरसभा स्थगित भएको छ । नेकपा एमालेवाट निर्वाचित जनप्रतिनिधीले बहिस्कार गरेपछि विदुरको नगर सभा १४ गते वस्ने गरी स्थगित भएको हो ।

वहुमत सदस्यको अनुपस्थितीका कारण आजको नगरसभा स्थगित गरिएको छ–नगरप्रमुख राजन श्रेष्ठले भने–स्थगित सभा असार १४ गते १ बजे वस्ने छ । विहान ८ वजे शुरु हुने भनिएको नगरसभामा उपस्थित एमालेबाट निर्वाचित जनप्रतिधिीले आफूहरुस“ग सल्लाह नगरी निती, कार्यक्रम तथा वजेट ल्याउन खोजिएको भन्दै आपत्ति जनाएका थिए । हामी बहुमत सदस्यस“ग परामर्श नै नगरी आजको नीति कार्यक्रम प्रस्तुत गर्न खोजिएको छ –नेकपा एमालेबाट निर्वाचित विदुर २ का वडाध्यक्ष दिपक कायस्थले भने–एकलौटी रुपमा आयोजन ागर्न लागिएको सभामा हाम्रो उपस्थिती रहदैन । सभास्थलमा आईपुगेका एमालेवाट निर्वाचित जनप्रतिनिधीले सभा वहिस्कार गरेर निस्केपछि स्थगन गरिएको हो । 

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजन विधेयकसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।  


No comments:

Post a Comment