Monday, May 16, 2022

विदुर अपडेट– मेयरमा १ हजार ३ सय ५३ मतले राजन अगाडि

नुवाकोट । 

२ जेठ 

नुवाकोटको विदुर नगरपालिकामा गठबन्धनका उमेदवारहरुको अग्रता जारी छ । विदुरमा हालसम्म वडा नं १ र २ को मतगणना सम्पन्न भएको छ । ३,४, ५ र ६ को गणना जारी छ । 

पछिल्लो मत परिणाम अनुसार विदुर नगरको मेयर पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेदवार राजन श्रेष्ठ ४ हजार ५ सय ३४ मत सहित अग्रस्थानमा छन् । मेयर पदमा एमालेका उमेदवार सञ्जु पण्डितको ३ हजार १ सय ८१ मत रहेको छ । मेयरमा मतको अन्तर १ हजार ३ सय ५३ रहेको छ । यस्तै, उपमेयर पदमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उमेदवार प्रभा वोगटी ३ हजार २ सय १५ मत सहित अग्रस्थानमा छिन् । उपमेयरमा नेकपा एमालेकी उमेदवार अम्बिका पौडेल नेपालको ३ हजार १ सय ६४ मत रहेको छ । उपमेयरमा मत अन्तर ५१ रहेको छ । यसअघि, विदुरको वडा नं १ वाट एमाले उमेदवार लेनिन रञ्जित र २ बाट एमाले उमेदवार दिपक कायस्थ विजयी भईसकेका छन् । 

विदुरमा जम्मा मत ३१ हजार २ सय ७ खसेको थियो । विदुरको वडा नम्बर १ मा  १ हजार ६सय ५, वडा नम्बर २ मा २ हजार २ सय ७०, वडा नम्बर ३ मा ३ हजार १ सय ५०, वडा नम्बर ४ मा १हजार ८ सय ७६, वडा नम्बर ५ मा २हजार ८ सय ९३,वडा नम्बर ६ मा २ हजार १ सय ३२, वडा नम्बर ७ मा २ हजार ६ सय ५९ मत खसेको थियो । यस्तै, वडा नम्बर ८ मा २ हजार २ सय ३१, वडा नम्बर ९ मा २ हजार ५ सय ४३, वडा नम्बर १ मा २ हजार २ सय ३३, वडा नम्बर ११ मा १ हजार ८ सय ३३, वडा नम्बर १२ मा २ हजार ५सय ५ र वडा नम्बर १३ मा ३ हजार ३ सय ७ मत खसेको हो । 


No comments:

Post a Comment