Monday, May 16, 2022

विदुर २–एमाले उमेदवार दिपक कायस्थ सहित प्यानल नै विजयी

नुवाकोट । 

२ जेठ 

नुवाकोटको विदुर २ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । विदुर २ मा नेकपा एमालेका वडाध्यक्ष उमेदवार दिपक कायस्थ ९ सय ४० मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका सुरज श्रेष्ठले ७ सय ९२ मत पाएका छन् । 

महिला सदस्यमा गितादेवि तिमल्सिना (ड सय ८२ मत), दलित महिला सदस्यमा सवु मिजार(८ सय ९९ मत) खुला सदस्यमा  आनन्दलाल श्रेष्ठ(९ सय ६ मत) र रञ्जनकुमार थापा (८ सय ३४) मत सहित विजयी भएका छन् । 

विदुर २ बाट पछिल्लो विदुर नगरको मेयर पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेदवार राजन श्रेष्ठलाई १ हजार १ सय ६३ मत प्राप्त भएको छ । यस्तै, मेयर पदमा एमालेका उमेदवार सञ्जु पण्डितको ७ सय ५२ मत रहेको छ । यस्तै, उपमेयर पदमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उमेदवार प्रभा वोगटीको ८ सय ६ मत रहेको छ । उपमेयरमा नेकपा एमालेकी उमेदवार अम्बिका पौडेल नेपालको ८ सय २७ मत रहेको छ । 

यस वडामा ३ हजार २ सय ४ मतदातामध्ये २ हजार २ सय १२ मत खसेको थियो । खसेको मत मध्ये २ हजार १ सय ८३ मत सदर र २९ मत वदर भएको हो । 


No comments:

Post a Comment