Sunday, May 15, 2022

किस्पाङ अपडेट– वडा नं २ मा माओवादीका बद्रीप्रसाद निर्वाचित

नुवाकोट । 

१ जेठ 

नुवाकोटको किस्पाङ गाउँपालिका–२ को वडाध्यक्ष पदमा एमाले÷माओवादी गठबन्धनवाट (माओवादी केन्द्र)का उमेदवार विजयी भएका छन् । माओवादी केन्द्रका उमेदवार बद्री प्रसाद देवकोटाले ८ सय ३४ मत ल्याई विजयी भएका हुन् । देवकोटाकोे निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका देवनाथ भट्टले ६ सय ७८ मत प्राप्त गरे । अध्यक्षमा १ सय ५६ मत अन्तर रहेको छ । किस्पाङमा नेपाली कांग्रेस विरुद्ध नेकपा माओवादी केन्द्र र नेकपा एमालेले गठबन्धन गरेको छ । 

किस्पाङ १ बाट गाउँपालिका प्रमुखमा गठबन्धन तर्फबाट नेकपाएमालेका बिरबल तामाङले ७ सय ५२ मत मतका साथ अग्रता लिएका छन् । नेपाली कांग्रेसका छत्र बहादुर लामाले ७ सय ४१ मत पाएका छन् । यसैगरी, उपाध्यक्षमा माओवादी केन्द्रका अर्जुन प्रसाद न्यौपानेले ९ सय ४० मत पाएका छन् । नेपाली कांग्रेसका दिल कुमारी मोक्तानले ५ सय ३२ मत पाएका छन् । यहाँ १ हजार ६ सय ४७ मत गणना भएको हो । अध्यक्ष पदमा खसेको १ सय २० मत वदर भएको थियो । 


No comments:

Post a Comment