Monday, May 16, 2022

तारकेश्वर अपडेट- शिव अधिकारी २ हजार ३ सय मतान्तरले बिजयी

नुवाकोट 


२ जेठ

नुवाकोटको तारकेश्वर गाउँपालिकामा काङ्ग्रेस/माओवादी गठबन्धनले जितेको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार शिव अधिकारी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उमेदवार हरि रिमाल निर्वाचित भएका । 

शिब अधिकारीले ५ हजार ६ सय ६५ मत प्राप्त गरे । एमाले बाट अध्यक्ष उमेदवार रमेश वस्तिले  ३ हजार ३ सय ४१ मत प्राप्त गरे । अध्यक्षमा  २ हजार ३ सय २४ मत अन्तर रहेको छ । 


उपाध्यक्षमा माओवादी केन्द्रका हरीप्रसाद रिमाल ४ हजार ६ सय ५८ मत सहित बिजयी भएका छ्न ।  उपाध्यक्षमा एमाले उमेदवार कोपीला भट्टले ३ हजार ३ सय ९२ मत प्राप्त गरिन । उनिहरु बिच  १ हजार २६६ मत अन्तर रहेको छ । 

यसाघी, वडा नं १ मा नेपाली कांग्रेसका उमेदवारहरु विजयी भएका छन् । वडाअध्यक्षमा चक्रवहादुर तामाङ सहित चारजना सदस्य नै कांग्रेसबाट निर्वाचित भएका हुन् । निर्वाचित तामाङले ९ सय ५१ मत प्राप्त गरेका छन् । यसअघि वडा नं ३ मा नेपाली कांग्रेसका उमेदवार गणेश श्रेष्ठ विजयी भएका थिए । श्रेष्ठको १ हजार १ सय २८ मत आएको छ । त्यहाँपनि कांग्रेसको प्यानलले नै निर्वाचन जितेको छ । यस्तै, वडा नं ५ मा नेपाली कांग्रेसका उमेदवार अशोक तामाङ ७ सय २७ मत सहित अध्यक्षमा निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार शिव अधिकारी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उमेदवार हरि रिमाल निर्वाचित भएका छन् ।

No comments:

Post a Comment