Monday, May 16, 2022

बेलकोटगढी अपडेट–भेट्नै नसक्ने गरी जगत लामाको अग्रता

नुवाकोट । 

२ जेठ 

नुवाकोटको बेलकोटगढी नगरपालिकामा कांग्रेस÷माओवादी गठबन्धनका मेयर उमेदवार जगत लामा फराकिलो मत सहित अग्र्रस्थानमा छन् । आईतवार विहान ९ः३० बजे सम्मको मत परिणाम अनुसार गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उमेदवार लामाले २ हजार ९ सय ८३ मत सहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेको मेयर राजेन्द्ररमण खनालले १ हजार ६ सय ५२ मत पाएका छन् । 

यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार शिव दाहालको २ हजार ७४ मत रहेको छ । उपमेयरमा नेकपा एमालेका उमेदवार रुपा सापकोटाको २ हजार ७३ मत रहेको छ । उपमेयर पदमा १ मत मात्रले गठबन्धन अगाडि रहेको छ । 

बेलकोटगढीमा हालसम्म ६ हजार १७ मत गणना भएको छ । वडा नं १ र १३ को मतगणना सम्पन्न भईसकेको छ भने वडा नं २ र १२ को गणना जारी रहेको छ । बेलकोटगढी १ मा नेकपा एमालेका वडाध्यक्ष उमेदवार सन्तवहादुर तामाङ ४ सय १६ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका बद्रिप्रसाद ढुङ्गानाले ३ सय ६९ मत र नेपाली कांग्रेसका नवराज खतिवडाले ३ सय ४ मत पाएका थिए । यस्तै, वडा नं १३ मा नेपाली कांग्रेसका वडाध्यक्ष उमेदवार नवराज पाण्डेले ७ सय ३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका धनवहादुर लामाले ४ सय १७ मत र नेकपा एमालेका पशुपती लोहनीले ३ सय ९४ मत प्राप्त गरे । लोहनी वहालवाला (हाल निवर्तमान) वडाध्यक्ष हुन् । 


No comments:

Post a Comment