Monday, May 16, 2022

बेलकोटगढी १ मा भोट किनबेचको अडियो सार्वजनिक, समाजवादीका नेताद्धारा माओवादी केन्द्रका उमेदवारको लागि २५ भोट २ लाखमा डिल

नुवाकोट 


२ जेठ

बैशाख ३०मा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । हाल सम्म नुवाकोटमा कुनैपनि पालिकाको परिणाम सार्वजनिक भईसकेको छैन । वडातहको परिणाम भने आईरहेको छ । 

निर्वाचनमा मतदातालाई प्रभावित पार्न भोट किनबेच हुने गरेको चर्चा हुने गरेको छ । पछिल्ला दिनहरुमा सूचना प्रविधीको प्रयोग, मोवाईलमा हुने ‘कल रेकर्ड’ का फिचर लगायतले भोट किनबेचका यस्ता थुप्रै अडियो वाहिर आईरहेका छन् । यसक्रममा नुवाकोटको बेलकोटगढी नपा वडा नं १ मा २५ भोट किन्न २ लाख रुपैयाँ डिल भएको अडियो सार्वजनिक भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा त्यस वडामा नेकपा एमालेबाट निर्वाचित सुब्बा तामाङले रकम दिएर भोट माग्न मध्यस्थकर्ताको भूमिका निभाएका हुन् । तामाङ केहि समय अघि नेकपा एमाले परित्याग गरी नेकपा समाजवादी प्रवेश गरेका थिए । प्राप्त अडियोमा उनले माओवादी उमेदवार बद्रिसँगै पैसा ल्याएर दिने र त्यसको बदला ‘सर्लक्क भोट हाल्नु पर्ने’ भन्दै डिल गरेका हुन् । (अडियो संवाद ग्यालेक्सी टेलिभिजनमा प्रशारित सामाग्रीबाट, हामीले यो सामाग्री सोहि कार्यक्रममा प्रशारित रिपार्टमा आधारित भएर तयार पारेका हौ । टेलिभिजनमा प्रशारण भएको सामाग्रीमा सम्बन्धित ब्यक्तिले अडियो आफ्नो भए नभएको बारेमा प्रतिक्रिष्या जनाएका छैनन ।  )

No comments:

Post a Comment