Sunday, May 15, 2022

किस्पाङ अपडेट–बिरबल तामाङको अग्रता

नुवाकोट । 

१ जेठ 

नुवाकोटको किस्पाङ २ को मतगणना जारी छ ।

किस्पाङ २ मा नेकपा एमाले उमेदवार विरवल तामाङ अग्रस्थानमा छन् । पछिल्लो मत परिणाम अनुसार विरवल तामाङको ३ सय १२ मत र नेपाली कांग्रेसका उमेदवार छत्र लामाको १ सय ९७ मत रहेको छ । यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका अर्जुन न्यौपानेको ३ सय २५ मत रहेको छ । कांग्रेस उमेदवार दिलकुमारी मोक्तानको १ सय ७९ मत रहेको छ । 

पालिका अध्यक्ष उमेदवारद्धय विरबल तामाङ र छत्र लामा दुवैको वडा भएकोले किस्पाङ २ को नतिजालाई चासोका साथ हेरिएको छ । किस्पाङमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन रहेको छ भने नेपाली कांग्रेस एकल रुपमा प्रतिष्पर्धामा उत्रिएको छ । 


No comments:

Post a Comment