Friday, April 15, 2022

एमाले अध्यक्ष ओली नुवाकोटमा


कार्यक्रमस्थल : बट्टार हावाघर

नुवाकोट । बैशाख २ ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज  नुवाकोट आउँदैछन । एमाले नुवाकोटले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न ओली आज नुवाकोटको बट्टार आउन लागेका हुन । आज १ बजे विदुर नगरपालिकाको वडा नम्बर ४ को हावाघरमा आयोजित सभामा ओलीले सम्बोधन गर्नेछन्  । ओली आज दिउसो १ बजे हेलिकप्टरबाट बट्टार आउने कार्यक्रम रहेको छ । कार्यक्रमका लागि एमालेले जिल्लाको १२ वटै पालिकाबाट मोटरसाइकल ¥यालीसहित कार्यकर्ता जम्मा गर्ने जनाएको छ । 


No comments:

Post a Comment