Monday, April 18, 2022

गठबन्धन : कांग्रेसलाई ५० प्रतिशत बाँकी दललाई ५० प्रतिशत

नुवाकोट । ५ बैशाख 

स्थानीय निकाय निर्वाचनको लागि नेपाली कांग्रेसले ५० प्रतिशत र अन्य वाँकी ४ दलले ५० प्रतिशत पाउने गरी गठबन्धन हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जनाउ दिएका हुन् । ‘आज साँझसम्म महानगर र उपमहानगरबारे सहमति बनिसक्छ,’ उनले भने– त्यसमा ३ वटा महानगरपालिका कांगैसलाई दिने र माओवादी केन्द्रलाई १, नेकपा समाजवादीलाई १ र जसपालाई एक दिने गरी सहमती हुनेछ, ११ उपमहानगरको हकमा पनि यसै अनुपातमा हुनेछ । छ महानगरमध्ये तीन महानगर कांग्रेसले राखेर बाँकी तीन महानगर माओवादी, एकीकृत समाजवादी र जसपालाई एकेक महानगर दिने तयारी छ । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगर लिने सम्भावना छ । माओवादीले भरतपुर महानगर दाबी गरेको छ । एकीकृत समाजवादीले पोखरा महानगर पाउनुपर्ने बताएको छ भने जसपाले वीरगञ्ज महानगर मागेको छ । प्रचण्डले माओवादीले कम्तिमा एक महानगर लिने बताए । 

आज बिहान सत्तारूढ दलका शीर्ष नेताहरू बालुवाटारमा बैठक बसेका थिए । दिउँसो केहीबेर स्थगित बैठक फेरि बस्ने तयारी छ । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ र १२ मा मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगको तालिका छ ।


No comments:

Post a Comment