Friday, April 15, 2022

‘होटल वाटर टावर’ अव ‘सिद्धार्थ होटल वाटर टावर’

नुवाकोट/२ बैशाख

नुवाकोटको बट्टारमा रहेकोे होटल वाटर टावर नयाँ वर्षसँगै सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा चल्न थालेको छ । ५ वर्ष अघिदेखि जिल्लाकै सुविधासम्पन्न होटलको रुपमा सञ्चालित होेटल वाटर टावरले नेपालको हस्पिटालिटीमा ब्यवसायमा अग्रणी बन्दै आएको सिद्धार्थ ग्रुपसँग सहकार्य शुरु गरेको हो । 

ब्यवस्थापकीय साझेदारीको सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नयाँ ब्यवस्थापनसँगै होटलको सेवासुविधा थप विस्तार गरिने जानकारी दिईएको छ । होटल वाटर टावरको सञ्चालक संस्था हिमनदी पर्यटन सहकारीका सचिव ध्रुवप्रसाद रिमालका अनुसार सिद्धार्थ हस्पिटालिटीसँग व्यवस्थापकीय साझेदारी गरी नयाँ वर्षसँगै ‘सिद्धार्थ होटल वाटर टावर’को नामबाट सञ्चालनमा आएको हो । होटल वाटर टावरमा ३३ वटा सुविधा सम्पन्न कोठा, सभाहल, रेष्टुरेन्ट तथा बारलगायत सुविधा छन् ।  होटलले निकट भविष्यमा ५०० जनाभन्दा बढी क्षमताको हल, स्विमिङ पुल, हेल्थ क्लव, डाइन रेष्टुरेन्ट र प्राइभेट डाइनिङ रुम लगायतका संरचना थप्ने समेत होटलका ब्यवस्थापक राममणी अधिकारीले वताए । 

होटल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इन्स्टिच्युट जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायको नेटवर्क बनाएर सिद्धार्थ ग्रुपले २९ वटा शाखामार्फत सेवा दिइरहेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले वताए ।  सिद्धार्थ ग्रुपले नेपालगञ्जमा चारतारे होटल सञ्चालन गरिरहेको र भैरहवामा पाँचतारे होटल सञ्चालनको तयारी गरेको उनले बताए ।


No comments:

Post a Comment