Friday, April 15, 2022

निर्वाचन धाँधलीरहित हुनेमा ओलीको आशंका

नुवाकोट । बैशाख २ 

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निर्वाचन धाँधली रहित हुनेमा आशंका ब्यक्त गरेका छन् । शुक्रवार नुवाकोटको बट्टार हावाघरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो मत संरक्षण गर्न कार्यकर्तालाई निर्देशन दिए । 

 ‘मतपत्र च्यातिन सक्छ, चपाईन सक्छ, बत्ति निभाईन सक्छ,–ओलीले भने–‘चनाखो रहनुस, मतपत्र र पेटिका आँखाबाट ओझेल पर्न नदिनुहोस ।’

एमाले विरुद्ध पाँच दलले घोषित रुपमा र अन्य शक्तीहरुले अघोषित रुपमा गठबन्धन गरिरहेको ओलीले आरोप लगाए । देशैभर एमालेको पक्षमा जनलहर र मत देखिएको दावि गर्दै उनले मत संरक्षण गर्न भने चुनौती खडा भएको बताए । एमाले विरुद्ध गठित गठबन्धनले मतदान र मतगणना प्रकृयामा धाँधली गर्नसक्ने भएकोले मतपत्र र मतपेटिका आफ्नो आँखावाट ओझेल पर्न नदिन ओलीले कार्यकर्तालाई निर्देशन दिएका छन् 

आगामी संसदिय निर्वाचनमा एमालेले वहुमतका साथ सरकार बनाउने ओलीको दावि छ । वर्तमान पाँच दलिय गठब

न्धन सत्ता स्वार्थबाट गठन भएको भन्दै आउने संसदीय निर्वाचनबाट पुनः एमाले नेतृत्वमा सरकार बन्ने उनले बताए । ‘केन्द्र र प्रदेश सरकार एमालेको नै बन्छ, त्यसैले स्थानीय निकायमा पनि एमालेकै नेतृत्वमा सरकार गठन हुन पर्छֹ–ओलीले भने–एमालेको नेतृत्वमा शुरु भएको समृद्धीको अभियान एमालेको नेतृत्वमा नै पूरा हुनेछ । 

नेपाल चिन ब्यापारको छोटो मार्ग गल्छि–रसुवागढी आफ्नो पहलमा निर्माण शुरु गरेको बताउँदै ओलीले सडक निर्माण सम्पन्न गर्न नुवाकोट र रसुवाका नागरिकलाई उचित क्षतीपुर्ति र मुआब्जा दिलाउन उनले सरकार समक्ष आग्रह गरे । मुआब्जा विवादका कारण यो सडक समयमा नै सम्पन्न हुन नसकेकोले जनतालाई मुआब्जा दिलाई काम छिटो सक्न उनले सरकारलाई आग्रह गरे । 

कार्यक्रममा एमालेले जिल्लाका १२ वटै स्थानीय तहबाट कार्यकर्ता भेला गरेको थियो । ओलीको स्वागतमा विभिन्न जातजातीले आफ्ना झाँकीहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न दल परित्याग गरि एमाले प्रवेश गरेकाहरुलाई ओलीले स्वागत गरेका थिए । अघिल्लो निर्वाचनमा एमालेले नुवाकोटबाट एकजना संघिय सांसद, दुईजना प्रदेश सांसद र तिनवटा स्थानीय निकाय प्रमुख जितेको थियो । पार्टी विभाजन हुँदापनि नुवाकोटबाट वीजयीहरु एमालेमा नै रहेका छन् । केहि वडाध्यक्ष भने समाजवादीमा प्रवेश गरेका छन् । 


No comments:

Post a Comment