Friday, April 15, 2022

बिदुर नगरको उपमेयरमा जमुनाको नाम सिफारिस


नुवाकोट/ बैशाख २ । नेकपा एकीकृत समाजवादी पार्टीले विदुरकाे उप-मेयरमा जमुना गजुरेलकाे नेतृत्वकाे सिफारिस अगाडि सारेकाे छ।

स्थानियतहकाे निर्वाचन नजिकिदै गर्दा उम्मेदवारका विषयमा आआफ्नाे दावेदारी जिल्लामा सुरु भएकाे छ।सत्ता गठवन्धनकाे वहष सङ्गै नुवाकाेटका पालिकाहरुमाकाे कस्ले टिकट पाउने हाेडवाजि तथा प्रतिस्पर्धा स्वभाविक नै हाे।

नुवाकाेटका हरेक राजनितिक आन्दाेलनमा अग्रभागमा रहेर गणतन्त्र र व्यवस्थाका लागि निरन्तर लागिरहेकी विदुर-५ स्थिति पिपलटारकी जमुना गजुरेल पनि यिनै मध्येकि एक चर्चित नेतृ हुन्। तत्कालिन नेकपा एमालेकाे विभिन्न कमिटिमा क्रियासिल हुँदै पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटकाे सहसचिव हुँदै तत्कालीन प्रेस चाैतारीकाे नेतृत्वलाई अगाडि बढाउन देखि पार्टीको हरेक क्रियाकलाप र संगठन बिस्तार गर्न गजुरेलकाे भूमिका सधै अग्रस्थानमा रहेकाे थियाे।

प्रतिगमन र निरङ्कुसता विरुद्ध आन्दाेलनकाे माेर्चा सम्हाल्दै विभिन्न आन्दाेलनमा घाईते समेत भएकी गजुरेल विद्राेह सङ्गै नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला सचिवालय सदस्यमा क्रियाशील छिन्।

पत्रकार महासंघ जिल्ला शाखाकाे उपाध्यक्षमा निर्वाचित गजुरेल हाल समाजवादी प्रेस सङ्गठन नुवाकाेटकाे अध्यक्ष समेत हुन्। निडर,हक्कि र खराे स्वभावकी गजुरेल साथिभाईकाे सहयाेग र समाजिक काममा पनि सधै यहि भुगाेलमा रहेर काम गरिरहेकी एक राजनितिक याेद्धा हुन।खराव कार्यका विरुद्ध सधै आवाज बाेकि हिड्ने गजुरेलले आउदाे निर्वाचनमा नेकपा एकीकृत समाजवादिकाे तर्फवाट विदुर नगरपालिकामा उपप्रमुख पदमा आफनाे दावी रहेकाे बताउदै समग्र युवापुस्ताकाे प्रतिनिधित्व गरी आफुले उपप्रमुखमा उम्मेदवार दिने घाेषणा गरेकी छन्।

नेकपा एसकाे जिल्ला कमिटी सचिवालयकाे आजकाे बैठकले नेकपा एकीकृत समाजवादी पार्टीले स्थानियतहकाे निर्वाचन लाई आफनाे पार्टीको तर्फवाट उम्मेदवारीहरु घाेषणा समेत गरेकाेछ। विदुर नगरपालिकाकाे मेयरमा विदुर नगरपालिका-६ का वडा अध्यक्ष राजु सडाैला, नेकपा एसका पार्टी उपसचिव उद्वव पनेरु र पार्टीका आर्थिक बिभाग प्रमुख रामकृष्णराज भण्डारीलाई सिफारिस गरेकाे छ। त्यसै गरि उपमेयरमा गजुरेलसहित जिल्ला कमिटी सदस्य धनकुमारी रिजाल लाई पनि बैठकले सिफारिस गरेकाे छ।

No comments:

Post a Comment