Wednesday, April 27, 2022

ओलीको टिप्पणी आचारसंहिता विपरीत हो : कांग्रेस प्रवक्ता

नुवाकोट । १४ वैशाख

नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्र माथि गरेको टिप्पणी निर्वाचन आचार संहिता विपरीत र आपत्तिजनक रहेको बताएका छन् । उनले ओलीको टिप्पणीमाथि खेद् प्रकट गरे । केन्द्रीय प्रचार प्रसार समितिले मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा गरेको कार्यक्रममा प्रवक्ता महतले पार्टीले शालिनतापुर्वक निर्वाचन अभियान सञ्चालन गरेको दाबी गरे ।

‘देशमा निर्वाचन आचारसंहिता लागू भैसकेको छ तर नेकपा एमालेका अध्यक्षको मुखबाट नेपाली कांग्रेस र कांग्रेसको घोषणापत्रप्रति निकै तल्लो स्तरको अभिव्यक्ति आएकोे छ । सामान्य अवस्थामा पनि बोल्न नहुने उहाँको अभिव्यक्ति खेदजनक छन्,’ उनले भने, ‘यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।’

No comments:

Post a Comment