Monday, April 18, 2022

भरतपुर नै चाइन्छ भन्दैनौ- प्रचन्ड


नुवाकोट । ५ बैशाख 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले चितवनको भरतपुर महानगरपालिकामा छोरी रेणु दाहालका लागि मेयर नमागेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गरिएको पत्रकार सम्मेलनका क्रममा अध्यक्ष दाहालले भरतपुर महानगर नै चाहिने र मेयरमा रेणुलाई नै उठाउनुपर्ने दाबी आफूहरूले नगरेको बताएका हुन् ।

ुरेणुलाई भरतपुर चाहियो‚ नभए हुन्न भन्ने कुरामा सत्यता छैन,ु उनले भने, ुहामीले केवल जित्न सजिलो हुने स्थान हेरेर बाँडफाँट गरौं भनेका हौं । त्यसमा कांग्रेसका धेरैलाई पनि भरतपुरमा हामीलाई सहज हुन्छ भन्ने छ । तर केहीलाई त्यस्तो लागेको छैन । उनले ६ वटा महानगरपालिकामध्ये ३ वटा कांग्रेसले लिओस् र बाँकी तीनवटा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादीबीच भागबन्डा हुने गरेर गठबन्धन भित्र सहमति हुन लागेको उनले दाबी गरे ।अध्यक्ष दाहालले आफूहरुलाई जनुसुकै नगरपालिका भए पनि हुने र भरतपुर नै चाहियो भनेर अडान नलिएको बताए ।


No comments:

Post a Comment