Monday, April 25, 2022

नुवाकोटमा नयाँ गठबन्धन–समाजवादी रोक्न माओवादीको ‘नयाँ कार्ड’

नुवाकोट । बैशाख १२

सत्तापक्षका प्रमुख तीन दलविचमा गठबन्धन गरेर स्थानीय निर्वाचन लड्ने केन्द्रदेखिकै तयारी थियो । महानगर र उपमहानगरमा केन्द्रवाट नै समाजवादीलाई त्यस दलले चाहेको जति सिट दिईयो । तर, स्थानीय स्तरमा देशैभर समाजवादीलाई कांग्रेस र माओवादीले खासै महत्व दिएन । त्यसको प्रतिकृया स्वरुप आईतवार(हिजो) समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले सवै स्थानीय तहमा उमेदवारी दिने र आवस्यकता अनुसार फिर्ता लिने घोषणा गरे । मनोनयन हिजो र आजलाई छ । नुवाकोटमा सत्तापक्षको कांग्रेस, माओवादी र समाजवादी तथा प्रतिपक्षको एमाले एक्लाएक्लै लढ्दा बढि फाईदा एमाले र कांग्रेसलाई हुने माओवादी जिल्ला तहको निष्कर्श रह्यो । समाजवादी एमाले र कांग्रेस भन्दा माओवादीस“ग नै मिल्ने बढि सम्भावना पनि देखियो, मनोनयन दर्ता गरेमा समाजवादीले धेरै भाग खोज्ने आ“कलन पनि गरियो । यसविचमा नेकपा माओवादीले चलाखीपूर्वक नया“ सहमतीका लागि समाजवादीस“ग वार्ता थाल्यो र आज विहानै सहमती सार्वजनिक भयो । ‘९ वटा स्थानीय तहमा गठबन्धन तोडेको वारेमा हामीलाई औपचारिक जानकारी छैन’–गठबन्धन संयन्त्रमा रहेका कांग्रेसका एक नेताले भने– कांग्रेस र माओवादीविचमा मात्र गठबन्धन गरौ भनिरहेका माओवादीका साथीहरु समाजवादीस“गमात्र तालमेल गर्ने गरी अघि बढ्यो । 

यसो हुनुमा माओवादीको दुईवटा कार्यनीति महत्वपूर्ण देखियो । एक त कांग्रेसलाई घुक्र्याउने । अर्को, समाजवादीलाई मनोनयनमा रोक्ने । आज जारी सहमती अनुसार समाजवादीले शिवपुरीमा अध्यक्ष र ककनी र सुर्यगढीमा उपाध्यक्षमा मात्र मनोनयन गर्ने छ । यसले सवै तहमा मनोनयन गरेर पछि मिलाउन पर्ने बाध्यता आजै टुङ्गीनिे माओवादीको बुझाई रह्यो र चलाखीपूर्ण तरीकाले विहानै सहमती गरियो । 


No comments:

Post a Comment