Thursday, April 21, 2022

भित्र ‘गठबन्धन बैठक’, बाहिर ‘बहिस्कारको ब्यानर’

नुवाकोट । बैशाख ८

विहीवार विहान नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालय विदुर भित्र गठबन्धन दलहरुको बैठक बसिरहेको थियो । सत्तापक्षका चार दलले भित्र गठबन्धनको छलफल गरिरह“दा बाहिर भने कांग्रेसका युवाले गठबन्धन वहिस्कारको नारा लेखिएको ब्यानर टास्दै थिए । 

गठबन्धन चाहिदैन, कांग्रेस मास्न पाईदैन भन्ने नारा लेखिएको ब्यानर वडा तहका नेताहरुको नेतृत्वमा नै टासिएको हो । गठबन्धनका नाममा सवै छोड्ने गरी सहमती हुदै छ भन्ने सुन्यौं–ब्यानर राख्दै गरेका कांग्रेस कार्यकर्ता भन्दै थिए–कांग्रेसले एक्लै लढेर पनि जित्ने प्रशस्त आधार भएको ठाउमा गठबन्धनको नाममा अन्य दललाई मत हाल्न लगाउन पाईदैन । 

गठबन्धन विरुद्धको आक्रोश स्थानीय तहका नेताहरुले सामाजिक सञ्जालहरुमा पनि ब्यक्त गरिरहेका छन् । विदुर ४ बट्टारबाट वडाध्यक्षमा सिफारिस नेकपा माओवादी केन्द्रका रामेश्वर पाण्डेले लेखेका छन्–यदि गठबन्धन नै आवस्यक हो भने नुवाकोटमा कांग्रेस र माओवादीको गरौं, यदि होईन भने एक्लै लड्न सक्षम छा्रै, त्यसो नभएमा विदुर ४ मा मेरो स्वतन्त्र उमेदवारी रहनेछ । 

यस्तै विदुर १ का माओवादी केन्द्रका युवा नेता लिडर श्रेष्ठले पनि नुवाकोटमा कांग्रेस र माओवादीको मात्र गठबन्धन हुनुपर्ने लेख्दै त्यसो नभएमा आफूले स्वतन्त्रबाट वडाध्यक्षमा उमेदवारी दिने भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् । 


No comments:

Post a Comment