Wednesday, April 20, 2022

बहालवाला पालिका अध्यक्ष आन्तरिक चुनावबाटै ‘रिङ आउट’


नुवाकोट । बैशाख ७ आसन्न स्थानीय निकाय निर्वाचनका लागि अध्यक्ष चयन गर्न नुवाकोटको ककनीमा नेकपा माओवादी केन्द्रले आन्तरिक चुनाव गरेको छ । आन्तरिक चुनाववाट बहालवाला पालिका अध्यक्ष मानवहादुर तामाङ ‘रिङ आउट’ भएका छन् । गाउँपालिकाको अध्यक्षमा विजयी भएर पनि जनताका लागि केही गर्न नसकेका लामा वैशाख ३० मा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवार छनौट गर्न पालिका भित्रका कार्यकर्ताको बीचमा मतदान हुँदा पराजित भएका हुन । स्थानीय स्तरमा ‘उल्लेखनिय’ काम गर्न नसकेको लामाको कार्यकाल खासै उपलब्धिमूलक नरहेको ठहर गर्दै आफ्नै पार्टीको कार्यकर्ताले उनलाई हराईदिएका हुन् । अध्यक्षको उम्मेदवार सिफारिस हुन सफल भएका सुमन तामाङले ३४ मत पाउँदा अध्यक्ष लामाले जम्मा १८ मत पाए । अर्का एक प्रतिस्पर्धी शक्ति लामाले आफ्नै एकमतमात्र पाएका थिए । सल्लाहकारसहित कुल ६२ जनाले मत दिनपाउने भए पनि ५३ जनाले मात्र मत खसालेका थिए । यस्तै, ककनी गाउँपालिकाको उपाध्यक्ष पदमा मिठुमाया लामा सिफारिस भएकी छिन् । हाल पालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै सिता खतिवडा रहेकी छिन् । 
 यसैविच, नेकपा माओवादी केन्द्रले तादी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा किरणकुमार रिजाल र सञ्जु प्याकुरेलको नाम सिफारिस गरेको छ । तादीमा हाल नेपाली कांग्रेसले नेतृत्व गरिरहेकोले गठबन्धन बनेमा भने यो सिफारिसको ‘राजनीतिक’ मात्रै अर्थ छ । 
 उता, नेकपा (माओवादी केन्द्र)ले शिवपुरी गाउँपालिकाको अध्यक्षमा मीन बहादुर तामाङलाई सिफारिस गरेको छ । पालिका कमिटीको बैठकले सर्वसम्मत उनको नाम सिफारिस गरेको हो । उनी पालिकाका पार्टी अध्यक्ष समेत हुन ।

No comments:

Post a Comment