Friday, April 22, 2022

एसईइ परीक्षा शुरु

नुवाकोट । ९ बैशाख

यसवर्षको एसईइ परीक्षामा सहभागी हुने विद्यार्थीलाई
शुभकामना सहित विदाई गदै विदुरको पृथ्वी मावि । 

यस वर्षको एसईइ परीक्षा आज शुक्रवारबाट शुरु भएको छ । शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका अनुसार जिल्लामा २४ वटा केन्द्रबाट ४ हजार २ सय ४६ जना बिद्यार्थीहरुले परीक्षामा सहभागिता जनाएका छन् ।  

जिल्लामा यसवर्ष साधारण समुह तर्फ ४ हजार ६७ जना र प्राबिधिक समुह तर्फ १ सय ४९ जना विद्यार्थीले परीक्षा दिदैछन् । यसैगरी ग्रेडबृद्धिका लागि ३० जनाले परीक्षा दिने छन् । 

२४ परिक्षा केन्द्रहरु मध्ये सबैभन्दा धेरै बिद्यार्थी रुक्मिणी माध्यामिक बिद्यालय समुन्द्रटार केन्द्रबाट २ सय ५७ जना बिद्यार्थीहरु रहेका छन् भने सबैभन्दा कम ज्ञानज्योति माध्यामिक बिद्यालय फिकुरीबाट ८९ जना बिद्यार्थीहरुको सहभागिता रहेको छ । 

शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका परीक्षा शाखा प्रमुख सम्झना थपलियाका अनुसार सबैभन्दा धेरै बिद्यार्थी बागेश्वरी माध्यामिक बिद्यालयबाट ९१ जना र सबैभन्दा कम सिता माध्यामिक बिद्यालय बर्सुन्चेतबाट ३ जना बिद्यार्थीहरु रहेका छन् । 

प्राबिधिक तर्फका १ सय ४९ जना बिद्यार्थीहरुको लागी पृथ्वी माध्यामिक बिद्यालय र ग्रेड बृद्धितर्फका ३० जना बिद्यार्थीहरुको लागी त्रिभुवन त्रिशुली माध्यामिक बिद्यालय त्रिशुली परीक्षा केन्द्र रहेको छ ।  


No comments:

Post a Comment